पोखराबाट उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेपछि…

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं। ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुबाट के कारणले ढोका खोलेका हुन् वा खुल्न गएको हो यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेको बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको छ ।

  • ५ पुष २०८०, बिहीबार ११:१७ प्रकाशित