लागु औषधसहित पोखराबाट एक बालक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

लागु औषधसहित पोखराबाट एक बालक पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -८ का १७ वर्षीय बालक लागु औषधसहित पक्राउ परेका कास्कीले जानकारी दिएको छ । उनलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खट्टिएको प्रहरी टोलीले बसबाट पोखरा आउने क्रममा पोखरा- ३० पावरहाउस चोकबाट पक्राउ गरेको हो ।

उनको साथबाट ८० एम्पुल डाइजापाम, ७२ एम्पुल फेनार र ७७ एम्पुल नुर्फिन गरी २२९ एम्पुल र नाइट्रोभ्याट ५७० चक्की लागु औषध, नगद एक हजार रुपैयाँ र एक थान मोवाइल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार ती बालकलाई लागुऔषध सम्बन्धी मुद्दामा चार दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

  • २ पुष २०८०, सोमबार १८:०१ प्रकाशित