माछा मार्ने क्रममा ढुंगा खसेर लाग्दा पोखरामा एक युवकको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
माछा मार्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर पोखरामा एकजनाको ज्यान गुमेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार साँझ तुलसीघाट स्थित सेती नदीमा माछामार्ने क्रममा भीरबाट खसेर ढुंगाले टाउकोमा लाग्दा पोखरा ९ का २५ वर्षीय सुनील श्रेष्ठको ज्यान गुमेको हो ।

दिउँसो ४ः१० मा ढुंगाले लागेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खट्टिएको प्रहरी टोलीले उद्दार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएकोमा श्रेष्ठको ५ः३० बजे चेकजाँचको क्रममा ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

  • २९ मंसिर २०८०, शुक्रबार १८:३२ प्रकाशित