सिर्जनाचोकको नैना दोहोरी साँझमा आगलागी हुँदा करिब ६० लाखको क्षति

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा –८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । बिहान भएको आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको दोहोरीमा बुधवार बिहान करिब ६ बजे बिजुलीको तार सर्ट भइ आगलागी भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको नेतृत्वमा खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीमा नगद ५० हजारसहित फ्रिज, मोबाइल, एसी, साउण्ड सिस्टम, सोफा गरी करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

  • २७ मंसिर २०८०, बुधबार १४:०७ प्रकाशित