काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) ले सोमबार दिउँसो चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न अपराह्न चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरे पनि तयारी अभावका कारण सार्ने तयारी गरेको छ ।
बैठकले महाधिवेशनका लागि अर्को मिति तोक्ने तयारी गरेको छ । साथै बैठकमा अन्तरपार्टी निर्देशन (अपानि–११)कार्यान्वयनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।यसअघि जारी भएको अपानि फिर्ता गर्ने अघिल्लो सचिवालय बैठकले गरे पनि फिर्ताका लागि पत्राचार नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।













