एमालेको संकल्प यात्रा आज दैलेख पुग्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको मध्यपहाडी लोकमार्गअन्तर्गत शुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज दैलेख पुग्ने भएको छ । अछामको मंगलसेनबाट मंसीर १४ गते शुरु भएको १५४ किलोमिटर लामो यात्रा चौथो दिन आइतबार दैलेख पुग्ने भएको हो ।

आज कर्णाली प्रदेशको दैलेखस्थित राकममा आमसभा हुने भएको छ । एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले दैलेखका जम्बुकाँध, चगत्रा र श्रीस्थानमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने ओलीले श्रीस्थानमा पेट्रोलियम उत्खनन कार्यको अवलोकन पनि गर्नेछन् ।

  • १७ मंसिर २०८०, आईतवार १०:२९ प्रकाशित