काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकका लागि आन्तरिक तयारी सुरु गरेका छन् । बैठकको एजेन्डालगायतका विषयमा नेताहरूसँग आन्तरिक छलफल गर्नुको साथै उनले विभिन्न संगठनलाई पुनर्गठन गर्ने कार्यलाई पनि अगाडि बढाएका छन् ।
पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले केन्द्रीय समितिको बैठक कुन मोडेलमा बसाउने, त्यसको एजेन्डा कस्तो हुने लगायतको विषयमा आन्तरिक तयारी चलिरहेको बताउँदै चाँडै नै मिति तय हुने बताए ।













