पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गरी नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

  • २३ कार्तिक २०८०, बिहीबार १६:३५ प्रकाशित