कोशी प्रदेशसभा बैठक आज बस्दै

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत कात्तिक १ गते प्रदेशसभा बैठक स्थगन गरिएको थियो ।बैठकको कार्यसूचि भने तय गरिएको छैन । बैठक बस्नु अगाडि कार्यसूचि तय हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयकमात्र बिजनेशको रुपमा रहेको छ । त्यसबाहेक प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले लैजाने तयारी गरिरहेको छ ।

  • २० कार्तिक २०८०, सोमबार १०:४६ प्रकाशित