राप्रपाले २५ लाखसहित भूकम्प प्रभावितलाई सांसदहरूको एक महिनाको तलब दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ ।

आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट २५ लाख र प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ । गत शुक्रवार राती जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण १५७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका छन् ।

  • १९ कार्तिक २०८०, आईतवार १५:३९ प्रकाशित