एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेता पुग्दा माधव नेपाल गएनन्

केन्द्रभाग मिडिया

नेकपा एमालेले आयोजना गरेको चियापानमा सहभागी हुन शीर्ष नेताहरू च्यासल पुगेका छन्।

नेकपा एमालेले आयोजना गरेको चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेता च्यासल पुगेका हुन्।

एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज (बुधबार) पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको थियोऊ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै च्यासल पुगिसकेका थिए।

कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल भने पुगेका छैनन्। उनी पार्टीको कामले बिहानै रौतहट पुगेको बताइएको छ ।

  • १५ कार्तिक २०८०, बुधबार १६:५६ प्रकाशित