संक्रमणकालीन न्यायको छिट्टै टुंगो लाग्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायको टुंगो छिट्टै लाग्ने बताएका छन् ।

एमालेले गरेको चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन बुधबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच त्यसबारे सकारात्मक छलफल भएको समेत उनले बताए । ‘आज बिहानमात्रै हामीले छलफल गर्‍यौ । सकारात्मक छलफल भएको छ । यो विषय छिटै टुगिंन्छ’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

यस्तै चाडपर्वका अवसरमा गरिने चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने बताएका छन् ।‘अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरुको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म एमाले नेता कार्यकर्ता सबै साथीहरुलाई फेरि पनि शुभकामना भन्न चाहन्छु ।’

  • १५ कार्तिक २०८०, बुधबार १६:४१ प्रकाशित