प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मुस्ताङ पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड कोरला नाका निरीक्षणका लागि पुगेका हुन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका हुन् ।

उनी ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका थिए । त्यहाँ उनलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन्। कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।

गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो ।

  • १ कार्तिक २०८०, बुधबार ०९:०० प्रकाशित