विराटनगर ।
नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गर्दा समाजवादीले विश्वासको मत दिने निर्णय गरेको हो ।
नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन कायम राख्न आफूहरूले विश्वासको मत दिन लागेको नेकपा एस कोशी प्रदेश संसदीय दलकी सचेतक विद्या चाम्लिङले जानकारी दिइन् ।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कार्कीलाई यसअघि नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।













