गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैर आवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो उपलब्धि हो भने ।

‘नेपालको संविधानमा गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैर आवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ’, उनले भने ।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैर आवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।’

 

  • ३० आश्विन २०८०, मंगलवार १५:१५ प्रकाशित