कोशीका मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले विश्वासको मत दिने

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।

आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए ।

नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

  • २९ आश्विन २०८०, सोमबार १६:३५ प्रकाशित