सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहित छन् : एमाले उपाध्यक्ष पौडेल

केन्द्रभाग मिडिया

g]skf dxf;lrj kf}8]n M sf7df8f}F, !# h]7 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf dxf;lrj lji0f'k|;fb kf}8]n /f;;;Fu s'/fsfgL ub}{ . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौं ।
नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहित भइरहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले दोषी ठहर गरेर जेल पठाएको अपराधीलाई आममाफीको सिफारिस गरेर सरकारले आपराधलाई बढवा दिएको बताएका हुन् ।

‘दिनदहाडै खुँडा खुकुरी लिएर मान्छे मार्न जाने, मान्छे मार्ने अपराधीलाई कानुनबमोजिम सम्मानित अदालतले दोषी करार गरेर दिएको सजाय जेलमा बसिरहेको अपराधीलाई रिहा गर्नका लागि अधिकारको दुरुपयोग गरेर सरकारले सिफारिस गर्छ । राष्ट्रपतिले त्यस्तो सिफारिसलाई सदर गरेर पठाउँछन् । अनि हामीले शान्ति सुरक्षा, अमनचयन र मानव अधिकारको रक्षाको कुरा गर्न सुहाउँछ ?’ प्रश्न गर्दै उनले भने, ‘सरकार राजनीतिलाई अपराधीकरण गर्ने अथवा अपराधलाई राजनीतीकरण गर्न सरकारले गरिरहेको हामी पाउँछौं । अरु कुनै कारणले भन्दा पनि अपराधको गलत निर्णयका कारण अपराधीहरु उत्साहित भएका छन् ।’

अपराधी र हत्याराहरुले अहिले ‘मैले खुँडा खुकुरी लिएर दिनदहाडै मान्छे मारे भनेपनि राजनीतिक पहु्ँचको आधारमा बाहिर निस्कन सक्छु’ भन्ने सोचिरहेको उनको भनाई छ । राष्ट्रपति रामचन्द्र पौडेल कुनै अमुक पार्टीको जस्तो देखिएको उनको टिप्पणी छ ।

  • २८ आश्विन २०८०, आईतवार १५:०५ प्रकाशित