मुख्यमन्त्री पाण्डेद्वारा घरपझोङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

केन्द्रभाग मिडिया

मुस्ताङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासनीक भवनको उद्घाटन गरेका छन्म। ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार पाण्डेले उद्याटन गरेका हुन् ।

नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउने मुख्यमन्त्री पाण्डेले विश्वा व्यक्त गरे । गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।


मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको बिकासकालागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको पाण्डेले बताए । प्रदेशका अन्य जिल्ला जस्तै बिकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरि सरकारले बजेट बिनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएको छ, उनले भने ।


गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिती थियो । कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादीत कृषि उत्पादनको प्रर्दशनी र बिक्री स्टल संचालन गरिएको थियो । स्थानीयले कला संस्कृती झल्कने प्रस्तुती समेत प्रर्दशन गरेका थिए ।

  • १८ आश्विन २०८०, बिहीबार १५:५७ प्रकाशित