काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्नु व्यवहारिक नहुने बताएका छन् ।
केन्द्रीय समितिको चौथो दिनको बैठकमा बोल्ने क्रममा नेता खड्काले काठमाडौं बाहिरबाट आउने केन्द्रीय सदस्यलाई २/२ महिनामा आइरहन समस्या हुने बताए ।
‘काठमाडौं बस्नेलाई त ठिकै छ । टाढा टाढाबाट आउनले तेल खर्च, होटल खर्च हेर्यौं भने यो त्यति व्यवहारिक हुँदैन,’ खड्काले भने । कांग्रेस विधानमा २र२ महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ ।
वर्षमा न्युनतम ३ पटक केन्द्रीय समिति बैठक बसाउन उपयुक्त हुने उनले राय दिए ।













