काठमाडौं।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।
नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको उनको दाबी छ ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।’
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए । यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनकोभनाइ छ । सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था नआएको उनले बताए ।
साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको उनले स्पष्ट पारे ।













