अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छे्न सोङको अभिव्यक्ति, प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलगायतका विषयमा छलफल गर्नको लागि सो समितिले मन्त्री साउदलाई बोलाएको हो ।

समितिका सभापति राजकिशोर यादव छन् । मन्त्री साउदलाई भने यही बिहीबार छलफलको लागि समितिको बैठकमा बोलाईएको हो ।

  • २० भाद्र २०८०, बुधबार १३:२४ प्रकाशित