समाजवादी मोर्चाको घोषणा सभामा प्रचण्डसहितका शीर्ष नेता बुटवलमा जाने

केन्द्रभाग मिडिया

रूपन्देही ।

समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा गर्ने सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता जाने भएका छन् ।

घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता जाने निश्चित भएको समाजवादी मोर्चा लुम्बिनीले आइतबार बुटवलमा पत्रकार सम्मेलनमा गरी जानकारी दिएको छ ।

  • १० भाद्र २०८०, आईतवार १७:०१ प्रकाशित