केन्द्रीय कार्यसमिति बैठकमा यसकारण झोक्किएका थिए देउवा ! (भिडियो)

केन्द्र खबर

पोखरा ।
नेपाली कांग्रेसको २ साउनमा सुरु भएर १९ साउनसम्म चलेको केन्द्रीय  केन्द्रीय कार्य समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा झोक्किँदै ‘शेरबहादुर देउवा भन्ने मान्छे चिनेको छ’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाईरल भयो । भाइरल भिडियोमा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा बोलिरहेका बेला देउवाले थर्काएको जस्तो देखिन्छ ।

पुरै भिडियो नहेरेकाहरुले र त्यसको वास्तविकता थाहा नपाएकाहरुले ‘देउवाले यसरी थर्काउँदा पनि कांग्रेसका अरु नेता चुइक्क बोल्न सक्दा रहेनछन्’ भन्दै टिप्पणी गरेका छन् । गण्डकी कांग्रेसका सभापति शर्मा बोल्दा किन झोक्किएका थिए देउवा ? यसको वास्तविकता के थियो भन्ने कुरा केन्द्रखबरलाई कांग्रेस गण्डकीका सभापति शर्माले बताएका छन् । थर्काएको भाइरल भिडियो र वास्तवकिता के हो भन्ने थाहा पाउन भिडियो हेर्नुहोला ।

  • ९ भाद्र २०८०, शनिबार ०९:१२ प्रकाशित
  • थप भिडियाेहरू