चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ तीर्थयात्रीको ज्यान गयो

केन्द्रभाग मिडिया

मकवानपुर ।

मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ तीर्थयात्रीको ज्यान गएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको बस सडकबाट तल खहरेमा खसेर भएको दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ज्यान जानेमा ३ पुरुष र ४ जना महिला रहेका छन् ।ज्यान जानेमा ६ भारतीय र एक जना नेपाली रहेका छन् ।बसमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

  • ७ भाद्र २०८०, बिहीबार ०८:४८ प्रकाशित