काठमाडौँ ।
आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।
मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । सङ्घीय सांसदका महासचिव डा.भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ । त्यसअघि दलहरूबिच सदन सुचारु गर्नेबारे सहमति हुँदैछ । सोमबार राति भएको छलफलमा एमालेको माग बमोजिम तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो ।
सोही अनुसार एमाले, कांग्रेस र माओवादीका एकरएक जना नेता रहनेगरी कार्यदल गठन भएको छ । सोमबार भएको सहमतिअनुसार एमालेले आजबाट सदन चल्न दिने बताइसकेको छ ।













