गण्डकीको बन विधेयक समितिमा पठाइयो

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
गण्डकी प्रदेश भित्रको बनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक संशोधन प्रस्ताव सहित विषयगत समितिमा पठाइएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले विधेयक अर्थ तथा विकास समितिमा पठाइएको हो ।

साउन ३० गते उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले प्रदेश सभामा विधेयक टेबल गरेका थिए । टेबल पछि विधेयक माथि प्रदेश सभा सदस्हरुले सामान्य छलफल समेत गरे पछि सर्वसम्मत दफाबर छलफलका लागि सम्बन्धीत समितिमा पठाइएको हो ।

सामान्य छलफल भएको संसोधनको समयमा १३ जनाले संसोधनको सूचना दर्ता गराएको सभामुख कृष्ण प्रसाद धितालले जानकारी दिए । संशोधन दर्ता गराउनेमा प्रतिपक्ष दलका सांसदहरु रहेका छन् । नेकपा एकालेका १२ र राप्रपाबाट एक सांसदले एक मात्र संशोधन दर्ता गराएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

विजनेस नभए पछि प्रदेश सभाको बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

  • ३ भाद्र २०८०, आईतवार १६:५६ प्रकाशित