काठमाडौं ।
संसद्को अवरोध खुलाउने बारे संसद बैठक अघि आज पनि सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् ।छलफलका लागि आज बिहान ११ बजे घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । यद्यपि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध हटिसकेको र आजको बैठक सञ्चालन हुने बताएका थिए ।













