काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।
तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेश गर्न तोक लगाएकी छन् ।आफूले ३ गते प्रस्ताव गरे पनि उपसभामुखले ४ गतेका लागि समय दिएको मुख्यमन्त्री थापाले बताए ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ भने ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ ।
सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले जानकारी दिएका थिए । ‘मै
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।













