काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
थापाको अनुसार सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । पौडेल राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरुलाई नभेटेकाले सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि राष्ट्रपतिले इच्छा गरेका छन् ।
उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ ।













