गण्डकी प्रदेश सभाका ४ विषयगत समिति गठन, कुन समितिमा को–को समेटिए ?

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
गण्डकी प्रदेश सभाको मंगलबारको बैठकले विषयगत समिति गठन गरेको छ । प्रदेश सभाको बैठकले ४ विषयगत समिति गठन गरेको हो । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको ८ महिनासम्म समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएन ।

सुरुवाती समयमा दलहरुले समिति गठनमा वेवास्ता गरे । पछिल्लो समय गठनको प्रयास भए पनि राजनीतिक दलहरूबीच विवाद भएसँगै समिति गठनमा विलम्ब भएको थियो । दलीय विवादकै कारण प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सदस्यको नामावली दिन ढिलाइ गरेका थिए । जसको कारण सभामुख कृष्ण प्रसाद धितालले समितिका सदस्यको कार्यविभाजन सहित समिति गठनको प्रकृया अगाडी बढाउन सकेका थिएनन् ।

प्रदेस सभा नियमावली अनुसार सामाजिक विकास तथा कृषि समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानून समिति रहने व्यवस्था छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा मामिला तथा कानून मन्त्रालयको पदेन सदस्यमा छन् । यस्तै मन्त्रीहरू आफ्नो अधिकार क्षेत्रभित्रको समितिका पदेन सदस्य हुने नियमावलीमा व्यवस्था अनुरा कार्यविभाजन भएको छ ।

सामाजिक विकास तथा कृषि समितिमा १५ सदस्य मध्य ३ सदस्य मन्त्री छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिंखडा र कृषि तथा भूमि व्यवस्था मन्त्राली महेन्द्रध्वज जि.सी. छन् ।
१५ सदस्यीय अर्थ तथा विकास समितिमा आर्थिक मामिला मन्त्री जित प्रकाश आले, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली रहेका छन् ।

समितिका सदस्य चयन भए पनि सभापतिका लागि भने दलहरुमा रस्साकस्कसी छ । आजकै बैठका प्रतिपक्ष दलका नेता खगराज अधिकारीले प्रतिपक्षलाई कम आकलन नगर्न चेतावनी दिए ।

सत्ता पक्ष नेपाली कांग्रेसलाई २ नेकपा (माओवादी)लाई १ र प्रतिपक्ष दल नेकपा (एमाले)लाई १ समितिको सभापति दिने तयारीमा छ ।
यस्तै बैठकमा उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री दिपेन्द्र बहादुर थपाले गण्डकी प्रदेश भित्रको बनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभामा पेश गरेका छन् ।

बैठकको प्ररम्भमा प्रदेश सभा सदस्यले शून्य समियमा बोल्दै वर्षातका कारण भएको धनजनको क्षती र राहात उद्धारमा सरकारको ध्यानाकर्षण गराएका थिए । अर्को बैठक साउन ३१ गते ११ बजेका लागि बोलाइएको छ ।

 

  • ३० श्रावण २०८०, मंगलवार १६:२१ प्रकाशित