पोखरा ।
गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । यसअधि २ पटकसम्म सूचना टास गरेर बैठक स्थगित भएको थियो । बजेट पारित भए पछि स्थगित बैठक २४ गतेका लागि डाकिएकोमा सरकारले बिजनेस दिन नसक्दा सूचनाा टास गरेर स्थगित भएको थियो ।
त्यस पछि हिजोका लागि डाकिएकोबैठक सूचना टास गरेर स्थगित गरिएको थियो । आजको बैथकमा मु शून्य समयमा प्रदेश सभा सदस्यहरुले भनाइ राख्ने छन् ।
आजै संसदीय समिति पनि गठन हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जनकारी दिए । समितिको सदस्यमा रहने सदस्यहरुको नाम दलहरुले बुझाइसकेका छन् । ४ वटा समितिमा सभापतिको भागबण्डा भने मिलेको छैन ।













