माओवादी केन्द्रका नेताहरुको विभाग हेरफेर

केन्द्रभाग मिडिया

काठमाडौं । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी हेरफेर गराएका हुन् ।

त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएको प्रचण्ड निकटका एक नेताले अनलाइनखबरलाई बताए ।

केन्द्रीय समिति बैठक कमलादीमा सुरु भइसकेको छ । अहिले अध्यक्ष प्रचण्ड सदस्यहरुको प्रश्नको जवाफ दिइरहेका छ ।

  • २१ श्रावण २०८०, आईतवार १४:२९ प्रकाशित