प्रधानमन्त्री दाहालले भने,‘परे सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न’

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छाड्न तयार रहने तर भ्रष्टाचार र सुशासनको अभियान नछाड्ने जिकिर गरेका छन् । सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको बताउँदै प्रचण्डले राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको ब्रिफिङ पार्टीको केन्द्रीय कमिटी बैठकमा गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले प्रतिवेदन पेस गर्दै पछिल्लो घटनाक्रमबारे बोलेका हुन् ।‘गठबन्धन बलियो हुँदै गएको छ‚’ उनले भने, ‘सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।,छोड्न परे तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न ।’

उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताए । उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेकाले यो अभियान नरोकिने उल्लेख गरे ।

  • १७ श्रावण २०८०, बुधबार १६:२० प्रकाशित