गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने

कोशी प्रदेशका सभामुखले दिए पदबाट राजीनामा

केन्द्रभाग मिडिया

विराटनगर
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार सभामुख गौतमले राजीनामा दिएका हुन् ।

कोशी प्रदेश सरकार गठनका लागि बहुुमत नपुुगेपछि सभामुख गौतमले राजीनामा दिएर सरकार गठनका लागि सहजता थपेका हुन् ।

उनले राजीनामा दिएसँगै गठबन्धनबाट सरकार गठनका लागि बहुुमत पुुगेको छ ।

अब कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठन हुनसक्ने सम्भावना देखिएको छ । बहुुमत पुुगेसँगै गठबन्धनबाट ४७ मतसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको छ । मुुख्यमन्त्री दाबीका लागि प्रदेश सभा सदस्यहरुको हस्ताक्षर गराइएको छ । कोशीमा मुख्यमन्त्री नियुक्तिको लागि आजसम्मको समयसीमा तोकिएको थियो ।

  • १६ श्रावण २०८०, मंगलवार १७:०३ प्रकाशित