मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मधेस प्रदेशमा जनमतका २ मन्त्रीले राजीनामा दिएका छन् ।

जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतले जनाएको छ ।

  • १५ श्रावण २०८०, सोमबार १३:५२ प्रकाशित