काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरूले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले गरेको कारबाहीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।
सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले आयोगले साउन ९ गते प्रकाशित गरेको सूचना गैरकानुनी, क्षेत्राधिकारविहीन, स्वेच्छाचारी, अतार्किक रहेको भन्दै जरिवानासम्बन्धी निर्णयविरुद्ध उत्प्रेरणा, प्रतिषेध तथा परमादेश माग गरेका छन् ।
रिटमा निर्वाचन आयोगले गरेको निर्णय, पत्राचार तथा प्रेस विज्ञप्तिले आयोगले आफूहरूलाई प्रतिरक्षाको आधिकारबाट समेत वञ्चित गरेको रिटमा उल्लेख छ ।
आयोगले निर्वाचन निर्वाचन खर्च विवरण सार्वजनिक गरेको भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका करिब २५ सय उम्मेदवारलाई जरिवाना गरेको छ ।













