सुन तस्करीका मालिकलाई जोगाउन खोजियोः लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका व्यक्त गरेका छन् । आज भक्तपुरमा आयोजित पार्टीको नगर समिति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुन तस्करी प्रकरणमा निस्पक्ष छानविन नगर्ने हो कि भन्ने आशंका बढेको बताए ।

सुन तस्करी प्रकरणलाई छोडेर सरकारले अर्को फाईल खोल्दै त्यसलाई मोड्न सक्ने सम्भावना बढेको उनको भनाई छ । ‘सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका बढेको छ । ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिन्थ्यो,’– उनले भने ।

सुन समाउन सक्नेले मालिक पत्ता लगाउन र समाउन नसक्नु आश्चर्यजनक कुरा भएको उनले बताए ।

  • १३ श्रावण २०८०, शनिबार १५:११ प्रकाशित