कोरम नपुग्दा लेखा समितिको बैठक स्थगित

केन्द्रभाग मिडिया

;fj{hlgs n]vf ;ldlt a}7s k|ltlglw;ef cGtu{t ;f]daf/ l;+xb/af/df a;]sf] ;fj{hlgs n]vf ;ldltsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं ।

सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक गणपुरक संख्या पुग्न नसक्दा बस्न नसकेको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भएका थिए ।समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।

  • १२ श्रावण २०८०, शुक्रबार १३:५९ प्रकाशित