सुन तस्करीमा सरकारकै संरक्षण छ : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले सुन तस्करीमा सरकारकै संरक्षण रहेको निष्कर्ष निकालेको छ ।

संसदीय दलको बैठकले गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको हो । विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ । सँगै निष्पक्ष छानबिनको माग पनि गर्ने निर्णय गरेको छ ।

गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउन प्रमुख सचेतक गिरीले जानकारी दिए ।

  • १० श्रावण २०८०, बुधबार १४:५३ प्रकाशित