काठमाडौं ।
कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् ।
बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोप्रति आलोचना गरे ।
उनले भने, ‘मैले सोचेको थिएँ, कांग्रेसको केन्द्रीय समितिको बैठकले धेरै मुद्दाहरु उठाउनेछ । तर, कांग्रेस केन्द्रीय समितिको मिटिङ कस्तो भयो ?केन्द्रीय समितिको बैठकमा एकले अर्कालाई गाली गर्ने, खुइल्याउने ?राष्ट्रिय एजेण्डाहरुलाई नछुने ? यसको कारणले कांग्रेस बलियो भएको छ कि कमजोर भएको छ ?अहिलेको हाम्रो चुनौती यही हो ।’
उनले नेपालका कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा कांग्रेसले बुझ्नुपर्ने बताए ।













