काठमाडौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो ।
माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको चिनियाँ टोली स्वदेश फर्किएको पार्टी केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । ‘चिनियाँ प्रतिनिधि हाम्रो पार्टीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएको हो । आजै उहाँहरू स्वदेश फर्किनुभएको छ’ आचार्यले भने ।













