आफ्नो सक्रियतामा सय केजी सुन समातिएको अर्थमन्त्रीको दाबी

केन्द्रभाग मिडिया

File photo

रुपन्देही ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै सक्रियताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको दाबी गरेका छन् ।

बुटवल पुगेका अर्थमन्त्री महतले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको दाबी गरे ।

रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् ९ब्रेक सु० भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।

  • ८ श्रावण २०८०, सोमबार १५:२४ प्रकाशित