काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने कुरा अहिले छलफलको विषय हुन नसक्ने बताएका छन्।
आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा भने, ‘सत्तामा नहुँदा निराश हुने र सत्तामा हुँदा किन बसेको भन्ने मानसिकतामा नजाऔं । आगामी निर्वाचनमा एक्लै जाने नजाने बहस र छलफलतर्फ जानुभन्दा हामी बलियो हुने अभियानमा जाऊँ।’
अर्थमन्त्रीसमेत रहेका महतले भ्रष्टाचारबारे कांग्रेसको दृष्टिकोण प्रष्ट रहेको पनि बताए । ‘भ्रष्टाचारमा कांग्रेसको के दृष्टिकोण छ। यो देशमा एमालेले शासन गर्यो, अरुले पनि शासन गरे। ती शासनकालमा के कस्ता क्रियाकलाप भए ? यी कुरा सबैलाई थाहा छ’, उनले भने ।
कांग्रेसले सत्तामा जाँदा भ्रष्टाचार गर्ने कुरा कल्पना गर्न पनि नसकिने बताए । ‘हाम्रो पार्टी चाहिँ भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छैन। अरु दल छन् भन्ने भाष्य अहिले बनाइएको छ। शंका नहोस् कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन,’ उनले भने ।
उनले देश विकास अघि नबढेको कारण कांग्रेस नै हो भन्ने भाष्य नेता कार्यकर्ताहरुले सच्याउनुपर्ने बताए। ‘













