गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद भएको तीन दिनपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका छन् ।

गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि रहेका छन् ।

उप–प्रधान एवं गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिएका छन् । उनले भने– ‘निरीक्षण सकेर अहिले ब्रिफिङ हुँदै छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।

सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

  • ५ श्रावण २०८०, शुक्रबार १३:१७ प्रकाशित