काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरी कानुनमा सुधार गर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्ने बताएका हुन् ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ ।













