संसारकै प्रदूषित सहरको सूचीको चौथो स्थानमा काठमाडौं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालको राजधानी काठमाडौं संसारकै प्रदुषित सहरको सूचीमा चौथो स्थानमा रहेको आइक्यु एयरले देखाएको छ ।

पछिल्लो एक सातायता नेपालका अधिकांश स्थानमा डढेलो लाग्दा देशकै वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले नेपालको काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको चौथो स्थानमा राखेको हो ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

यो समाचार तयार पर्दा सम्म  काठमाडौंको एक्यूआइ अहिले १८५ छ ।

आइतबार सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । हाल च्याङमाइको एक्यूआइ २३० छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।

  • ३ बैशाख २०८०, आईतवार ११:३४ प्रकाशित