काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
आज मात्रै ७४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन्।