एक्सरे गर्दा ६१ वर्षीया वृद्धको पेटमा बोतल भेटियो

केन्द्रभाग मिडिया

धनगढी ।

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।

धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।

उनकाअनुसार केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको थियो ।रौतहटको गुजरा नगरपालिका(९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो। उनको पेटबाट शल्यक्रिया गरि बोतल निकालिएको थियो ।

  • ३० चैत्र २०७९, बिहीबार १५:२९ प्रकाशित