महासंघ निर्वाचन :निर्वाचन समय पछि धकेलियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको समय पछि धकेलिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयास भएकाले दिउँसो २ बजेदेखि हुने भनिएको दोस्रो चरणको निर्वाचन ४ बजेका लागि धकेलिएको छ । निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु बीच सहमतिको प्रयास भएका कारण निर्वाचन कार्यक्रम पछि धकेलिएको हो ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा तीन जना वरिष्ठ उपाध्यक्ष पदका दाबेदार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नपाए पछि धेरै मत ल्याएका दुई उम्मेदवार बीच पुनः मतदान गर्न लागिएको हो । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणको निर्वाचका लागि प्रतिस्पर्धामा छन् ।

  • ३० चैत्र २०७९, बिहीबार १५:१७ प्रकाशित