एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा भुसाल मनोनीत

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वमन्त्री एवं वामपन्थी नेता घनश्याम भुसाललाई नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बैठकमा भुसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

निर्वाचनमा एमालेले टिकट नदिएपछि पार्टी छाडेका उनलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

  • ३० पुष २०७९, शनिबार १४:३९ प्रकाशित